|
प्रतीकात्मक तस्विर

काठमाडौं : एपेक्स डेभलपमेन्ट बैंकका कर्मचारी र जग्गा दलाल मिलेर मोरङ, सुनसरी र झापामा ठूलो परिमाणमा खराब कर्जा प्रवाह गरेका छन्। अप्ठ्यारोमा परेका सर्वसाधारणलाई २–३ लाख दिएर उनीहरूको धितोबाट २० लाखभन्दा बढी ऋण निकालेर अनियमितता गरेको पाइएको छ।

धितो मूल्यांकनमा संलग्न इन्जिनियरहरूका अनुसार त्यतिखेर काठमाडौंबाटै बैंकका कर्मचारी र जग्गा दलालहरूको टोली नै आएको थियो। इटहरी शाखाबाट प्रवाह भएको ऋणमध्ये करिब ७० प्रतिशत खराब कर्जा रहेको अनुसन्धानमा संलग्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीअाईबी)का अधिकारीले बताएका छन्। एपेक्स बैंकका लागि विराटनगरको सुलेखा कन्सल्टेन्सीका सञ्चालक दिपांगत भगत र इटहरीको एफई कन्सल्टेन्सीका इन्जिनियर रविन थापाले धितो मूल्यांकन गरेका थिए।

२–४ लाख माग्नेको धितोबाट १५ लाखभन्दा बढी ऋण
एपेक्सबाट ऋण लिएकी झापा गरामनीकी मञ्जु राईको धितो मूल्यांकन गर्न एनसीसी बैंकको तर्फबाट दिपांगत भगत गएका थिए । राईले त्यतिखेर गाउँकै एक व्यक्तिसँग ४ लाख ऋण लिएको बताएकी थिइन् । तर, उनको जग्गा धितो राखेर पनि १५ लाख ऋण निकालिएको थियो। भगतले त्यतिखेर झापाका ४–५ वटा जग्गा मूल्यांकन गरेको बताए। सबै जग्गा बिचौलियाले देखाएको उनले बताए। अप्ठ्यारोमा परेका सर्वसाधारणलाई ३–४ लाख दिएर उनीहरूको धितोबाट बढी ऋण झिकिएको भगतले बताए।

प्रमाण पानीले बगायो
धितो मूल्यांकनमा संलग्न इटहरीका इन्जिनियर रविन थापाले ऋण स्वीकृत गर्ने अन्तिम अधिकार बैंक कर्मचारीको भएकाले बदमासी पनि उनीहरूबाटै भएको बताए। आफूले धितोभन्दा बढी ऋण प्रवाह हुने किसिमले रिपोर्ट नदिएको दाबी उनले गरे। मूल्यांकन गर्ने क्रममा आफूले जग्गाधनीको नागरिकता मात्र पाएको तर वास्तविक ऋणीसँग भेट नभएको उनले बताए । आफूसँग भएका नागरिकता पनि बाढीले बगाएको उनले बताए। ‘आफूसँग केहीको नागरिकता र फोन नम्बर थियो, तर बाढीले कार्यालयमा भएको सबै सामग्री बगायो,’ उनले भने।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.