'संसदीय बोर्ड र कार्य सम्पादन समिति गठन विधानविपरीत भएकाले खारेज हुन्छ’

|

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले पार्टी नेतृत्वको कार्यशैली र व्यवहारको आलोचना गर्दै संघीय संरचनाअनुसार पार्टीको विधान परिमार्जन गर्न महासमिति बैठकको माग गरेका छन्। सभापति देउवाइतर गुटका नेताहरुले सभापति देउवाको कार्यशैली र व्यवहारकै कारण निर्वाचनमा पराजय बेहोर्नुपरेको धारणा राखेका थिए भने देउवापक्षधर नेताहरुले पराजयको अपजस सभापतिलाई मात्र दिएर अन्य शीर्ष नेता र पदाधिकारी उम्कन नमिल्ने धारणा राखेका छन्।

कांग्रेस केन्द्रीय कार्य समितिको शुक्रबारदेखि शुरु बैठकको दोस्रो दिन बोल्ने सबैजसो केन्द्रीय सदस्यहरुले नेतृत्वबीचको असमझदारी र बेमेलका कारण निर्वाचनमा पराजय बेहोर्नुपरेको भन्दै तत्काल महासमिति बैठकको मिति तोक्न माग गरेका छन्। सवै गुट निकटका नेताहरुले निर्वाचनको समिक्षा गर्दै संगठनलाई संघीय संरचनाअनुसार सञ्चालन गर्न र परिमार्जन गर्न माग गरेका छन्।

पार्टी विधानविपरीत नेतृत्व चल्दा निर्वाचनमा पराजय बेहोर्नु परेको भन्दै उनीहरुले महासमिति बैठकबाटै सबै बिबादको अन्त्य गर्न माग गरेका हुन्। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीलाई अवका दिनमा अघि बढाउन विगतमा भएका कमी कमजोरीलाई सच्याउँदै अघि बढ्न नेतृत्वलाई सुझाब आएको बताए। 

केन्द्रीय सदस्य कल्याण गुरुङ्गले  विधान र केन्द्रिय कार्यसमितिको निर्णयको परीधिभित्र रहेर नेतृत्व चल्न नसकेको भन्दै राज्यको पुनरसंरचनाअनुसार पार्टीका संगठनहरु निर्माण गर्नका निम्ति योजना बनाएर संगठनका संरचनाहरु चुस्त दुरुस्त बनाउनुपर्ने बताए।

‘विधानले देखाएको वाटोअनुसार हिंड्नु पर्छ निर्वाचनमा भएको हारको कारण र छलफल गर्ने विषय पनि विधानमै उल्लेख छ’, बैठकपछि गुरुङले भने ‘कांग्रेसका कार्यकर्ता, शुभेच्छुकलाई उत्साह, ऊर्जा र क्रियाशिलता दिने गरी निर्णय आउँछ।

उनले कांग्रेस किन हार्‍यो, समीक्षा गरौँभन्दा सभापतिले राष्ट्रियसभा निर्वाचन भएकाले निर्वाचनलगत्तै बैठक नराखेको भन्दै विधान परिमार्जन गर्नुपर्छ, त्यो गर्न केन्द्रीय कार्य समितिले सक्दैन, त्यसका लागि महासमिति बैठक वा महाधिवेशनले मात्र सक्छ भने। संघीय सरचनाअनुसार गाउँपालिका, नगरपालिका निर्वाचन क्षेत्र घटाईएको र  परिवर्तन भइसकेकोले सोही बमोजिम संगठनको संरचनालाई परिमार्जन गर्नुपर्छ। उनले महाधिवेशन अहिले गर्न सक्ने अवस्था नरहेको बताए। 

हरेक परिवर्तनको मियोको रुपमा रहेको काँग्रेसले सबै जनताका मुद्दाहरु, जनता र पार्टीबीचको सम्बन्ध, पार्टी र नेतृत्वको अवस्थालगायतका कमीकमजोरीका विषयमा समिक्षा गरिने बताउँदै विधि विधानविपरीत भएका सबै कुराहरु खारेज गरे नयाँ तरिकाले विधानअनुसारका काम गर्नुपर्ने बताए। 

गाउँमा बसेका कार्यकर्ताले अवसर पाएनन् : जोशी

बैठकमा केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले गाउँ गाउँमा बसेका कार्यकर्ताले अवसर नपाएको गुनासो गरे। ‘कांग्रेसमा कति वर्ष काम गरेपछि कार्यकर्ताले अवसर पाउँछन्?’, जोशीको प्रश्न थियो ‘पार्टी कार्यकर्ताले यति बर्ष पार्टीमा योगदान गरेपनि अवसरको निश्चित गर्ने कि नगर्ने?’ जोशीले कसैले भने अवसर पाईरहने कसैले भने कहिल्यै अवसर नैं नपाउने संस्कारको अन्त्य गर्नुपर्ने बताए। 

उनले तत्काल संवोधन गर्नुपर्ने इस्युहरु यूरोपियन युनियनको भनाइ, प्रधानन्यायाधीश महाभियोग प्रकरण, सभामुखको निर्वाचनलगायतका विषयमा तत्काल दृष्टिकोण कांग्रेसबाट नआउनु दुखत घटना भएको बताए। उनले भने ‘शीर्ष नेताबीच निरन्तर छलफल र बहस हुनुपर्छ। स्थानीय निकाय, प्रदेश र केन्द्रलाई सम्‍बोधन गर्न छुट्टै निकाय गठन गर्नुपर्छ।’ 

बैठकपछि सञ्‍चारकर्मीसँग जोशीले भने ‘विगतका कमजोरीलाई सच्याउँदै अघि बढ्नु पर्छ। कांग्रेसले निर्वाचनमा किन सरकार बनाउने हैसियत बनाए, राजनीतिक र सांगठनीक रुपमा किन कमाजोर भयो भनेर समिक्षा गर्नु पर्छ। कमजोरीलाई सच्याउने छौं भनेर हामीले एउटा खाका तयार गरेका छौं। विधान बिपरित भएका सबै कुराहरु खारेज गर्ने गरी हामीले प्रस्ताव गरेका छौं। जस्तै ससदीय वोर्ड र कार्य सम्पादन समिति गठन विधान विपरित भएकाले ती सबै खारेज गर्नुपर्छ।’

'देउवा-पौडेलबीचकै सम्बन्ध राम्रो नहुँदा जनतासँग कसरी हुन्छ?'
 

दुई वर्षपछि नरहरि आचार्य सानेपामा, केन्द्रीय समितिमा यस्तो दिए लिखित सुझाब
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.