|

काठमाडौं : पछिल्लो केही समयदेखि विस्तारै गति लिन थालेको मुलुकको पर्यटन उद्योगलाई खुशीको खबर छ। संसारकै सबैभन्दा ठूलो ट्राभल वेबसाइट अमेरिकाको ‘ट्रिप एडभाइजर’ले यो वर्ष (सन् २०१८) का लागि छनोट गरेको विश्वका उत्कृष्ट गन्तव्यको सूचीमा काठमाडौं २३ नम्बरमा परेको छ।

त्यसबाहेक एसियाका उत्कृष्ट २५ गन्तव्य सूचीमा भने काठमाडौं छैठौं नम्बरमा परेको छ। विश्वका उत्कृष्ट २५ को यो सूचीमा परेको काठमाडौं दक्षिण एसियाकै पहिलो गन्तव्य सहर हो।

पहिलो स्थानमा भने इन्डोनेसियाको बाली सहर परेको छ। दोस्रोमा बेलायतको लन्डन सहर छ। काठमाडौं फ्रेन्च पोलिनेसिया रहेको बोराबोर आइसल्याण्ड र पेरुको क्युस्को सहरलाई उत्कृष्ट गन्तव्यको सूचीलाई पछाडि पारेको छ। ट्रिप एडभाइजरले लाखौं पर्यटकको छनोटपछि संसारका २५ गन्तव्य सूची सार्वजनिक गरेको हो। यी गन्तव्य घुमेका पर्यटकबाट प्राप्त प्रतिक्रिया र सुझाव समेटेर उसले सूची सार्वजनिक गरेको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.