|

काभ्रे :  ‘मैले डाकटरसँग कुराकानी गरेको छु। म कार्यक्रम सकिनेबित्तिकै हिँड्छु। चिन्ता नलिनू। शिशुलाई छातीमा टासेर दूध चुसाउन खोजिरहनू।’ महिला स्वयंसेविका रमा न्यौपाने सुत्केरी भएकी आफ्नी बुहारी उमिशा न्यौपानेलाई फोनमा यसरी जवाफ दिदै थिइन्।

उमिशाले सिरमेमोरियल अस्पताल बनेपामा दुई दिनअघि बच्चा जन्माएकी थिइन्। २०४६ देखि महिला स्वयंसेविकाका रुपमा सेवा दिइरहेकी रमाले खुशी हुदै भनिन्,  ‘घरआँगनमै नयाँ स्वास्थ्य संस्थाको भवन बन्यो, उपकरण पनि भयो, नर्स पनि आउनुहोला, अब म त सुत्केरी हुन धुलिखेल बनेपा जानु पर्दैन।

अहिले गाँउको बीचमा रहेको रविओपी स्वास्थ्यचौकीले आधारभूत स्वास्थ्य सेवालाई आवश्यक भाैतिक संरचना, उपकरण, औषधि र जनशक्तिजस्ता महत्वपूर्ण व्यावस्था गरेर कायापलट गरेको छ। पछिल्लो समय यही कायापलट देखेकी महिला स्वयंसेविका न्यौपनेले सुनाईन, ‘गाँउकै स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर संचालन भएको देख्ने धोको छ, यो पनि चाँडै पूरा हुन्छ’। 

२०७२ साल लबैशाखको भूकम्पले सो स्वास्थ्यचौकी भवन क्षणभरमै गल्र्यामगुर्लृम ढाल्यो। नजिकैको प्रभात प्राविको साँघुरा दुई कोठामा सुरु भयो। दुई वर्षको अन्तरालमा स्वास्थ्यचौकीका लागि अत्याधुनिक नौकेठे प्रीफ्याव भवन तयार भएको छ। स्वास्थ्यचौकीलाई सञ्चालन गर्न चाहिने सबै प्रकारका स्वास्थ्य सामग्रीसमेत यहाँ छन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.