|

काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया अन्तिम अवस्थामा पुगेको दुवै दलका शीष नेताहरुले बताउँदै आएको छन्। चैत २३ भित्रै एकता हुने भनिएको पार्टीको संरचना यस्तो हुने भएको छ ।

केन्द्रीय कमिटी

एकीकृत पार्टीको केन्द्रीय कमिटी ३०० देखि ३५० सदस्यसम्मको बन्ने भएको छ। एमालेका २०६ र माओवादीका ९९ सदस्यलाई एकीकृत पार्टीमा समेट्ने विषयमा नेताहरूबीच अनौपचारिक छलफल चलिरहेको छ। यद्यपि, दुवै पार्टीबाट थप केही नेताहरू समेटेर बढीमा ३५० सदस्यसम्मको केन्द्रीय कमिटी बनाउने तयारी छ।

पोलिटब्युरो 

एकीकृत पार्टीको पोलिटब्युरोमा भने १०० जनाको हाराहारीमा सदस्य रहनेछन्। केन्द्रीय कमिटीको एकतिहाइ अर्थात् औसतमा सयजनाको पोलिटब्युरो बनाउने तयारी छ।

स्थायी समिति 

स्थायी समिति भने ३५ जनासम्मको बनाउने गरी छलफल चलिरहेको नेताहरूले बताए। यो पोलिटब्युरोको एकतिहाइ संख्या हो। तर, यो संख्यामा केही तलमाथि हुन सक्ने बताइएको छ।

जम्बो प्रदेश र जिल्ला कमिटी 

एमालेका प्रदेश संगठन कमिटी ५० देखि ११५ सदस्यसम्मका छन्। माओवादीका कमिटी पनि जम्बो भएकाले एकीकृत कमिटी कम्तीमा २०० सदस्यीय हुने स्थिति रहेको कार्यदलका एक नेताले बताए। जिल्ला कमिटी पनि कम्तीमा १५० देखि २५० सदस्यसम्मको हुने ती नेताको भनाइ छ।

केन्द्रपछि मात्रै तल्लो तहको एकता

केन्द्रीय कमिटीको एकतापछि मात्रै प्रदेश र तल्ला तहका कमिटी तथा जनसंगठनहरूको एकता प्रक्रिया सुरु गर्ने कार्यदलमा नेताहरूबीच समझदारी भइसकेको छ। दुई वर्षभित्र सर्वसम्मत नेतृत्व चयन हुने गरी एकता महाधिवेशन गर्ने तयारी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.