|

काठमाडाै‌ं : भारतीय विदेश राज्यमन्त्री भिके सिंहले पाकिस्तानसँग सम्बन्ध यथावत् रहेको अवस्थामा सार्कको शिखर सम्मेलन हुन नसक्ने संकेत दिएका छन्। भारतले सार्क प्रक्रियाको निरन्तरता चाहेको, तर आतंकवाद कायम रहेको अवस्थामा सम्मेलन सम्भव नहुने उनले बताए।

पाकिस्तानका प्रधानमन्त्री सइद खकान अब्बासीले नेपाल भ्रमणका क्रममा सार्क सम्मेलन पाकिस्तानको राजधानी इस्लामाबादमा हुने परिस्थिति बन्दै गएको बताएका थिए। राज्यमन्त्री सिंहले भने यस्तो वातावरण बनिनसकेको प्रतिक्रिया दिए। ‘हामी आतंकवादको समर्थन गर्दैनौँ, आतंकरहित वातावरणमा दक्षिण एसियाको शान्ति र समृद्धिका लागि काम गर्न तयार छौँ,’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.