|

काठमाडौं : संसदका तीनवटा समितिमा दुवै सदनका सदस्य रहने भएका छन्। संसदीय सुनुवाई,महाअभियोग र विशेष समितिमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्य रहने व्यवस्था गर्न लागिएको हो। प्रतिनिधिसभा र राष्ट्रियसभामा १३ वटा विषयगत समिति छन्। ती मध्ये २ वटामा दुबै संसदका सदस्य रहने संसद सचिवालयका प्रवक्ता डा भरतराज गौतमले बताए। 

‘संसदीय सुनुवाई समिति र महाभियोग समितिमा प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै तर्फका सदस्य रहने सुझाव दिइएको छ।’ डा गौतमले भने ‘ अन्य समिति भन्दा सम्वेदनशिल भएकाले ‘चेक एन्ड ब्यालेन्स’ गर्न यी समितिमा दुवैतर्फका सदस्य राख्न लागिएको हो।’ आवश्यकताअनुसार बेलाबेलामा गठन हुन सक्ने भन्दै विशेष समितिको परिकल्पना गरिएको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.