|

काठमाडौ :  कर्णाली प्रदेशको समृद्धिका लागि निजी क्षेत्रसँगको सहकार्य गर्न तयार रहेको बताउँदै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले लगानीका लागि उद्योगी–व्यवसायीलाई आह्वान गरेका छन्। लगानीलाई प्रोत्साहन गर्न सुरक्षाको वातावरण बनाउनुका साथै राम्रो सेवासुविधा दिने उनले बताए।

‘लगानी गर्नुस्, अन्य प्रदेशको भन्दा राम्रो सेवासुविधा दिन्छौँ। लगानी नडुब्ने वातावरण बनाउँछौँ, सुरक्षाको ग्यारेन्टी गर्छौँ,’ नेपाल उद्योग वाणिज्य महासंघ,  सोमबार वीरेन्द्रनगरमा आयोजना गरेको प्रादेशिक आर्थिक बहस कार्यक्रममा मुख्यमन्त्री शाहीले भने, 'लगानी सुरक्षााकाे चिनता नगर्नुस्। सुरक्षााकाे वातावरण प्रदेश सरकारले बनाउनेछ। सबैभन्दा भरपर्दाे सुरक्षा जनताबाट हुन्छ। यहाँका जनताले सुरक्षाा गर्नेछन् तपाईहरु ढुक्क भएर लगानी गर्नुस्।'  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.