|

काठमाडौ : वैदेशिक रोजगार विभागले केही वर्षयता म्यानपावर कम्पनीविरुद्ध यजुरी दर्ता प्रक्रियामा नलागी मेलमिलापमै टुंग्याउन थालेका छन्। विभागले मेलमिलाप गर्न जोड दिएका कारण उजुरीको संख्या घटेको हो।

विभागका तत्कालीन महानिर्देशक विश्वराज पाण्डेले दुई वर्षअघि म्यानपावर कम्पनीविरुद्धको उजुरी मिलापत्र गराउने परिपाटीको थालनी गरेका थिए। त्यसअघि सबैजसो उजुरी विभागको मुद्दा शाखामा दर्ता गराएर प्रक्रिया अघि बढाउने गरिएको थियो।

मुद्दाको प्रक्रियामा जाँदा समय र पैसा बढी खर्च हुने भएकाले मिलापत्रको अभ्यास चलिरहेको विभागका एक कर्मचारीले बताए। तर, मुद्दा मिलापत्रमा टुंग्याएवापत कर्मचारीले म्यानपावर व्यवसायीहरूबाट आर्थिक लाभ लिने गरेको स्रोतको दाबी छ।

तत्कालीन महानिर्देशक पाण्डे घुसकाण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीद्वारा पक्राउ परेपछि हाल विशेष अदालतको तारेखमा छन्।

आर्थिक वर्ष ०७१\७२ सम्म बढ्दै गएको उजुरी त्यसयता स्वात्तै घटेको छ।  सो वर्ष म्यानपावरविरुद्ध तीन हजार ६३ उजुरी परेको थियो तर गत आर्थिक वर्षमा एक हजार एक सय ५८ उजुरी मात्रै दर्ता भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.