|

काठमाडौं : धेरैजसो सरकारीले पोशाक भत्ताबापत रकम बुझेर पनि पोशाक नलगाउने गरेको पाइएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्यांकअनुसार ८६ हजार निजामती कर्मचारी रहेका छन्। यी निजामती कर्मचारीलेको पोशाक भत्ताका लागि सरकारले ७ हजार ५ सय रुपैयँका दरले बार्षिक ६४ करोड ५० लाख रुपैयाँ निकासा गर्दै आएको छ।

कर्मचारी र सेवाग्रही छुट्याउन सजिलोका लागि पोशाक अनिवार्य लगाउनुपर्ने परिपत्र जारी गरिए पनि मुख्य प्रशासकीय क्षेत्र सिंहदरबारका धेरै कर्मचारीले नै पोशाक लगाउन अटेरी गरेको स्रोतले बताएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवत्ता शिवराज न्यौपाने पनि कर्मचारीले पोशाक लगाउन मान्दै नमान्ने बताउछन्। पोशाक लगाउन परिपत्र नगरिएको बताउदै उनले भने ‘कर्मचारीहरुले नियमको पालना त अनिवार्य गर्नुपर्ने हो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.