|

रुकुम : रुकुम पश्चिम चौरजहारी नगरपालिकाले सबै वडामा सचिवहरू तोकेको छ। वडामा स्थायी सचिव नहुँदा वडाका कामकारवाही संचालन गर्न समस्या भएपछि नगरपालिकाले वडा सचिव नियुक्त गरेको हो। 

एउटै सचिवले चारवटाभन्दा बढी वडा हेर्नुपर्ने समस्या भएपछि नगरपालिकामा भएका कर्मचारीलाई वडा सचिव नियुक्त गरेको नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत प्रदीप स्वर्णकारले जानकारी दिए। 

उनका अनुसार १४ जना सचिव आवश्यक भए पनि चार जना सचिव मात्र भएपछि १० जना अन्य कार्यालयका कर्मचारीलाई वडा सचिवमा नियुक्त गरिएको हो।

स्थायी सचिव नआउन्जेल वडा सचिवले काम गर्छन्, त्यसपछि अहिलेका वडा सचिव पहिलेकै पदमा रहेर काम गर्छन्’, निमित्त प्रशासकीय अधिकृत स्वर्णकारले भने। कार्यालयका अनुसार वडा नम्बर– १ मा लोकबहादुर खत्री, २ मा समीर स्वर्णकार, ३ मा रूपा शर्मा, ४ मा बलबहादुर केसी र ५ मा जनकप्रसाद शर्मा वडा सचिवमा नियुक्त भएका छन्। 

त्यस्तै, वडा नम्बर– ६ मा राजेन्द्र खड्का, ७ मा दीपलाल कुँवर, ८ मा वसन्तकुमार पुन, ९ मा खुमन कुँवर योगी, १० मा लक्ष्मी ओली, ११ मा गोविन्द बुढाथोकी, १२ मा टेकेन्द्र आचार्य, १३ मा खेमराज खड्का र १४ मा कल्पना शाही रहेका छन्।

नगरपालिकाले नियुक्त गरेका सचिवहरूलाई खरिदार सरहको सेवासुविधा दिने नगरपालिकाले जनाएको छ। वडा सचिव वडा कार्यालयमा पुगेसँगै वडा कार्यालयको कामकारवाहीमा सजिलो भएको वडा कार्यालयले बताएका छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.