|

बागलुङ : म्याग्दीको दुर्गम मालिका गाउँपालिकाको रुम गाउँ अहिले शोकमग्न छ । कारण, वैदेशिक रोजगारीमा गएका जवान युवा धर्मलाल रोकामगर गाउँले गुमाएको छ। २८ वर्षीय छोरो गुमाएका ७५ वर्षीया लीलामती र ८० वर्षीय धनबहादुर झन् मर्माहत छन्।

धर्मलाल लालमती र धनबहादुरका कान्छा छोरा थिए । बुढा बाआमाको गुजारा चलाउनकै लागि अविवाहित उनी मलेसिया पुगेका थिए । आगामी दसैँमा घर फर्किने र बिहे गर्ने योजना थियो उनको। तर, उनको सपना मलेसियामै समाप्त भयो ।

रोकामगर परिवारका लागि यो पहिलो प्रहार होइन । त्यसअघिको पीडा पनि खपिनसक्नु छ । लीलामती र धनबहादुरले अरू दुई छोरा यसअघि नै गुमाइसकेका छन्, त्यो पनि वैदेशिक रोजगारीकै क्रममा । १२ वर्षअघि माइला छोरा भक्तबहादुरको कतारमा र जेठा छोरा तमबहादुरको १० वर्षअघि मलेसियामा मृत्यु भएको थियो। १८ महिनाको अन्तरमा भएका दुई निर्मम घटनाबाट विक्षिप्त बुढा बाआमालाई कान्छा धर्मलालले सम्हाल्दै आएका थिए।

तीनै भाइको मृत्यु सुतेकै अवस्थामा
१२ वर्षअघि माइला छोरा भक्तबहादुर मृत्यु हुँदा २४ वर्षका थिए। कतारमा सुतेकै अवस्थामा उनको मृत्यु भएको थियो । भाइको मृत्यु भएको १८ महिनापछि जेठा तमबहादुर पनि मलेसियामा सुतेको सुत्यै भए। अहिले मलेसियामै धर्मलालको उही हालत भयो। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.