|

काठमाडौं : सहज र सुविधायुक्त सेवा दिन थालेको मयुर यातायातलाई बन्द गराउन कोटेश्वरदेखि पूर्व चल्ने सिण्डिकेटवाला यातायात व्यवसायीले सरकार र कम्पनीलाई धम्की दिन थालेका छन् ।

यही चैत १ गतेबाट सेवा सुरु गरेको मयुर यातायाततर्फ यात्रु आकर्षित भएपछि सिण्डिकेटवाला व्यवसायीले सेवा बन्द गराउने धम्की दिएका हुन्। धम्की दिनेमा कोटेश्वरदेखि पूर्व सेवा दिने १३ यातायात सेवा समिति छन्। त्यसमा बस वा मिनिबस मात्र होइन, ट्रक र टिपर व्यसायी समेत सम्मिलित छन्।

यो समितिले बिहिवार काठमाडौँ, भक्तपुर र काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै मयुर यातायातको इजाजत खारेज गर्न माग गरेका हुन्। उनीहरुले मयुरको इजाजत खारेज नभए यातायात सेवा नै ठप्प पार्ने धम्की समेत दिएका छन्। मयुर यातायातले काठमाडौँ बनेपा रुटमा २४ वटा सुविधासम्पन्न नयाँ बसमार्फत सेवा सुरु गरेको छ। ४२ सिटे बसमा निशुल्क वाईफाई सुविधा समेत छ। साथै, यसमा आमाबच्चा सिट समेत छ।

सिण्डिकेटवाला व्यवसायीले भने मुरलाई कोटेश्वरबाट पूवइ यातायात सञ्चालन गर्न दिएको इजाजतपत्र खारेज नगरिए चैत १८ गतेदेखि ग्रामीण क्षेत्रमा सेवा सञ्चालन नगर्ने धम्की दिएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.