|

काठमाडौं :  जलवायु परिवर्तनको प्रत्यक्ष असर स्वास्थ्य क्षेत्रमा पनि व्यापक दायरामा देखिन थालेको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार जलवायु परिर्वतनका कारण तराई र गर्मी ठाउँमा मात्रै समस्या बनेको थुप्रै रोग पहाडी र हिमाली क्षेत्रमा पनि देखिन थालेका छन्।

परिषद्का अनुसन्धानकर्ता डा. मेघनाथ धिमालका अनुसार पानीजन्य, कीटजन्य, वायुजन्य रोगहरु बढ्दै गएका छन्। वैज्ञानिक धिमालले प्रत्यक्ष रुपमा लामखुट्टै, भुसुनाजस्ता कीटको टोकाइबाट सर्ने रोगहरु उच्च हिमाली र पहाडी क्षेत्रमा देखापर्न थालेका छन्।

सन् २००६ मा ५ जिल्लमा मात्रै देखिएको डेंगी ज्वरो अहिले ४० जिल्लामा फैलिसकेको छ। त्यसैगरी सन् १९५० मा तराईका केही जिल्लामा देखिएको मलेरिया अहिले ६७ जिल्ला फैलिएको छ। केही वर्षअघिसम्म बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लालगायतका  जिल्लामा बढी जोखिम रहेका जापानिज इन्सेफ्लाइटिस र हात्तीपाइलेका बिरामी पनि अधिक जिल्लामा पाइएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.