|

नयाँदिल्ली : भारतमा बेचिने नेपाली किशोरीको संख्या सन् २०१३ यता पाँच सय प्रतिशतले बढेको एक अध्ययनले देखाएको छ। सन् २०१३ मा नेपाल–भारत सीमाबाट १०८ किशोरी तथा बालबालिकाको उद्धार गरिएकोमा २०१७ मा ६०७ किशोरीको उद्धार गरिएको तथ्य भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले सार्वजनिक गरेको हो।

एसएसबीले ‘भारत–नेपाल सीमामा मानव तस्करी’ विषयमा गरेको अध्ययनले नेपालबाट भारतमा किशोरीको तस्करी भयावह देखाएको हो। तस्करीमा परेका नेपाली किशोरी दिल्ली, मुम्बई, कोलकातालगायत सहरका वेश्यालयमा भारु ५० हजारसम्ममा बेचिने गरेको एसएसबीको रिपोर्टलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले समाचार लेखेको छ।

दलालहरूले नौ देखि १६ वर्षसम्मका किशोरीलाई सीमा क्षेत्रका सहरहरूमा पुर्‍याउने र बसमा राखेर भारत पुर्‍याउने गर्छन्। किशोरीहरूलाई वेश्यालयसम्म पुर्‍याउन सीमाआसपास बस्ने व्यावसायिक दलालहरू सक्रिय हुन्छन्। उनीहरूले यो कामबापत भारु ६ हजारसम्म लिन्छन्।

‘नेपाली किशोरीलाई गाउँबाट काठमाडौंसम्म लगिन्छ। काठमाडौंका गेस्टहाउस वा कार्पेट उद्योग पुर्‍याइन्छ। त्यहाँबाट नेपालका सीमा क्षेत्रका सहरमा पुर्‍याइन्छ र सीमा क्षेत्रबाटै दलालको हातमा उनीहरू बेचिन्छन् । किशोरीहरू खरिद गरेर दलालले बस वा रेलमा राखी मुम्बई, कोलकाता र दिल्ली पुर्‍याउँछन् अथवा अझ साना सहरमा समेत पुर्‍याएर वेश्यालयका मालिकसमक्ष भारु ५० हजारसम्ममा बिक्री गरिदिन्छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.