|

काठमाडौं : भाडाका गाडीले गीत संगीत बजाएबापत स्रष्टालाई रोयल्टी तिर्नुपर्ने भएको छ। यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि संशोधन गरेर भाडाका गाडीमा गीत संगीत बजाएबापत रोयल्टी तिर्नुपर्ने व्यवस्था गरेको हो । रोयल्टी रकम सवारीसाधन दर्ता तथा नविकरण गर्दा तिर्नुपर्नेछ।

विभागका महानिर्देशक रुपनारायण भट्टराईले सार्वजनिक यातायातमा गीत संगीत अत्यधिक बज्ने भएकाले स्रष्टालाई राहत प्रदान गर्न रोयल्टीको व्यवस्था गरिएको बताए।

गीत संगीत बजाएबापत ठूला बसले वार्षिक दुई हजार, मिनिबसले १४ सय, ट्रक÷ट्यांकरले १४ सय, माइक्रोबस, ट्याक्सी र जिपले एक हजार, पिकअप भ्यानले ९ सय र टेम्पोले ८ सय रोयल्टी तिर्नुपर्नेछ।

यातायात व्यवस्था विभागका अनुसार देशभर दुई लाख भन्दा बढी भाडाका सवारी गुड्छन्। सार्वजनिक यातायातमा गीतसंगीत बजाएापत वार्षिक २० करोड रुपैया भन्दा धेरै संकलन हुने दाबी गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.