|
नयाँपत्रिका

नयाँदिल्ली : प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले बहुप्रतीक्षित अरुण तेस्रो जलविद्युत् परियोजनाको संयुक्त उदघाटन गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री ओलीको राजकीय भारत भ्रमणका क्रममा २४ चैतमा नयाँदिल्लीको हैदराबाद हाउसबाट दुवै प्रधानमन्त्रीले आयोजनाको संयुक्त उदघाटन गर्नेछन्।

प्रधानमन्त्री ओली र मोदीबीच एकान्त वार्ता र औपचारिक वार्तापछि आयोजना हुने संयुक्त पत्रकार सम्मेलनअघि परियोजनाको उदघाटन हुनेछ। एक खर्ब १६ अर्ब रुपैयाँ लागतामा परियोजना बन्न लागको हो। 
परियोजनाबाट उत्पादित बिजुलीको २१ दशमलब नौ प्रतिशत नेपालले सित्तैमा पाउनेछ भने २५ वर्षपछि नेपालललाई परियोजना हस्तान्तरण गरिनेछ।

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा ०७१ साउन दोस्रो साता लगानी बोर्ड र प्रवद्र्धक भारतीय कम्पनी सतलज जलविद्युत् निगमबीच यसअघिनै परियोजना विकास सम्झौता (पीडीए) भइसकेको छ। सम्झौताअनुसार पाँच वर्षमा निर्माण सम्पन्न हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.