|

बर्दिया : सरकारी प्रतिबनधको वेवास्ता गरी बढैयाताल गाउँपालिका -३ स्थित मानझुन्डी सामुदायिक वनमा व्यापक फँडानी भएको छ। इलाका सेक्टर वन कार्यालय, मैनापोखरीअन्तर्गत पर्ने मानझुनडी सामुदायिक वनमा तस्कर र सामुदायिक वनका पदाधिकारीको मिलेमतोमा फाडानी भएको हो।

उपभोक्ताका लागि आन्तरिक खपत गर्ने बाहनामा फँडानी भएको स्थानीयले सुराक पाएर विरोध जनाएपछि सामुदायिक वनमा व्यापक फाँडानी भएको तथ्य खुलेको हो ।

फँडानीमा सामुदायिक वनका पदाधिकारी र उपभोक्तामध्येका रुख कटानीको जिम्मा लिने ठेकेदारको मिलेमतो देखिन्छ। नेपालगन्ज गुलरिया सडकखण्डमा पर्ने मानझुन्डी सामुदायिक वनमा फडानी गरिएको सिसौं जातको एक सय २७ वटा रुख सामुदायिक कार्यालयमा संकलन गरेर राखिएको अवस्थामा भेटिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.