ललितपुर : ‘भूकम्पले भत्केको घर त राम्रो बनाउन सकेको छैन। यो मोटर लगेर कहाँ राख्ने हो’, ललितपुरमा सोमबार आफ्नै सम्मानमा आयोजित कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीले भने, ‘तनाव छ।’ उनले आफूलाई उपलब्ध भएको गाडी राख्ने ठाउँ नभएको बताइरहँदा कार्यक्रम हल हाँसोले गुञ्जियो।
जोशीले ललितपुर महानगरपालिको यो सम्ममा राख्ने ठाउँ नभएको भन्दै ठट्टा गरे। उनले ‘शताब्दी पुरुष’ घोषणा भइकेकाले सय वर्ष जसरी पनि बाँच्नु छ’ भनेपछि फेरि हाँसो गुञ्जियो।
‘खानपान, हिँडडुल गर्दा होस पुर्याउनुपर्ला’ रसिक भावभंगीमा देखिएका उनले भने। जोशीलाई सजिलो होस् भनेर महानगरले सामसङ ग्यालेक्सी एस सेभेन मोबाइल पनि उपलब्ध गराएको छ।
महानगरप्रमुख चिरिबाबु महर्जनले महानगरले उनलाई सम्मानस्वरूप गाडी, ड्राइभर, सुरक्षा गार्ड र सम्पर्क स्थापनाका लागि मोबाइल उपलब्ध गराएको बताए। जोशीको सुरक्षार्थ नगर प्रहरी तिजकुमार महर्जन र सवारी चालक सानुलाल महर्जन खटिएका छन्। सवारी तथा मोबाइलमा लाग्ने सम्पूर्ण खर्च महानगरपालिकाले नै बेहोर्नेछ।
महानगर प्रमुख महर्जनले जोशीको मोबाइलमा 'वाईफाई'को व्यवस्था पनि गरेको बताउँदा हल फेरि हाँसोले गुञ्जिएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।