|

काठमाडौं : प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणअघि नै गर्ने भनिएको एमाले र माओवादी एकता लम्बिएको छ। राजनीतिक र सांगठनिक तथा विधान कार्यदलले प्रतिवेदन टुंग्याइसके पनि तीन विषयमा तत्काल गाँठो फुक्ने स्थिति नदेखिएपछि एकता घोषणाको तयारी लम्बिएको हो।

तीनवटै विषय गम्भीर र आपसमा जेलिएका कारण दुवै दल गृहकार्यविना तत्काल एकता घोषणाको मिति टुंग्याइहाल्ने पक्षमा देखिएका छैनन्।

सहमति जुट्न नसकेका विषयमा छलफल गर्न मंगलबार एकता संयोजन समितिको बैठक बस्दै छ। ‘बैठकले कार्यदलको प्रतिवेदन ग्रहण गरिसकेपछि आवश्यक विषयमा कार्यदल सदस्यसहितको उपस्थितिमा छलफल हुन्छ,’ एमाले उपाध्यक्ष वामदेव गौतमले भने, ‘सकेसम्म मंगलबार नै टुंग्याउने प्रयास गर्छौं, टुंगिएन भने छलफल हुँदै जान्छ।’

टुंगिन बाँकी तीन विषय

१. एकताको संख्या अनुपात 
२. विधानमा ‘जनयुद्ध’ शब्द  थप्ने कि नथप्ने?
३. चुनाव चिह्न : सूर्य कि सूर्यभित्र हँसिया–हथौडा ?

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.