|

काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले धर्म प्रचारसम्बन्धी गतिविधि र विखण्डनकारीविरुद्ध कठोर ढंगले प्रस्तुत हुने संकेत गरेका छन्। सोमबार मन्त्रालयमा ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गर्दै गृहमन्त्री थापाले राष्ट्रिय एकता संरक्षण गर्दै जाति, धर्म र क्षेत्रका नाममा नेपालमा द्वन्द्व निम्त्याउने तत्वहरुलाई परास्त गर्नुपर्ने बताए। ‘स्वतन्त्र मधेसका नाममा सिके राउत र क्रिस्यानिटीका माध्यमबाट मुलुकलाई द्वन्द्वमा धकेल्ने प्रयास भइरहेको छ,’ गृहमन्त्री थापाले भने। उनले मुलुकको राष्ट्रिय एकता मजबुत बनाउन नयाँ रणनीति तय गर्नुपर्ने बताए।

गृहमन्त्री निकट स्रोतका अनुसार उनले मन्त्रालयको जिम्मेवारी सम्हालेयता धर्म प्रचारका नाममा भइरहेका गतिविधि र मुलुकका विभिन्न भूभागमा भइरहेका विखण्डनकारी गतिविधि नजिकबाट हेरिरहेका छन्।  ‘नेपालको राष्ट्रिय एकतामा धर्म प्रचारका नाममा भइरहेका गतिविधि तथा तराईमा सिके राउत प्रवृत्ति बाधक बनिरहेको मन्त्रीज्यूको बुझाइ छ। यी दुवै प्रवृत्तिप्रति उहाँ कठोर ढंगले प्रस्तुत हुने मनिस्थितिमा हुनुहुन्छ’ उनी निकट स्रोतले भन्यो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.