|
फाइल फाेटाे

काठमाडौं : सुरक्षा अवस्था चुस्तदुरुस्त मानिएको वसन्तपुर क्षेत्रबाट मन्दिरका बहुमूल्य समाग्री चोरी भएका छन्।

महानगरीय प्रहरी वृत्त जनसेवाबाट करिब दुई मिनेटको दूरीमा रहेको नवनिर्मित नास देवः मन्दिरमा राखिएको तामपत्र, मन्दिरको टुँडाल र ढोकाको अन्तरा चोरी भएको हो।

मन्दिरको बहुमूल्य सामाग्री चोरी हुँदा प्रहरीले पत्ता लगाउन सकेको छैन । सो मन्दिरको चैत १५ गते सम्पन्न प्रसाद ग्रहण कार्यक्रम भएको तीन दिनपछि ती सामाग्री चोरी भएको हो । १८ गते बिहान तामपत्र, मूल ढोकाको अन्तरा र पटकपटक गरी दुइृवटा टुँडाल चोरी भएको छ।

वृत्तका डीएसपी टेकुनन्द लिम्बुले सामान चोरी भएको जानकारी गराँउदै खोजीकार्य जारी रहेको बताए। डीएसपीसहितको टोलीले मन्दिरमा हराएको सामग्रीका बारेमा सोमबार निरीक्षण गरेको थियो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.