|

काठमाडौं :  राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले पुराना चार थान जहाज बिक्री गरेर अाठ थान नयाँ नयाँ जहाज खरिद गर्ने घोषणा गरेको छ। निगमले आन्तरिक उडान गरिरहेका ४० वर्ष पुराना तीन थान ट्वीनअटर जहाज सहित तीन दशक पुरानो बोइङ ७५७ सिरिजको एक थान जहाज डेढ वर्षभित्र विस्थापन गर्ने भएको हो।

हाल बाइङले अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ। केही समयअघिमात्र निगमले एक थान बोइङ बीबी एयरलाइन्सलाई बिक्री गरिसकेको छ। ‘पुराना जहाज जहाज १५ महिनाभित्र विस्थापन गरेर ८ थान नयाँ जहाज खरिद गर्ने प्रक्रिया अगाडि बढाउँदैछौं’ निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले भने।

निगमले छ थान आन्तरिक उडानका लागि भाइकिङ ट्वीनअटर जहाज खरिद गर्ने प्रक्रिया अघि बढाएको छ भने अन्तर्राष्ट्रिय उडानमा २ थान एयरबस ३२०–२०० सिरिजका न्यारोवडी जहाज पनि खरिद प्रक्रिया अघि बढाउन लागेको कंसाकारले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.