|

काठमाडौं : गुठीको नामा रहेको जग्गा अतिक्रमण हुने क्रम रोकिएको छैन। सरकारी निकायले चासो नदेखाउँदा गुठीको झण्डै १३ लाख रोपनी जग्गा एकीकृतरुपमा व्यवस्थापन हुन नसकेको र त्यसबाट एक करोड रुपैयाँ राजस्व गुमेको गुठी संस्थानका प्रवक्ता सरोज थपलियाले जानकारी दिए।

गुठीले जग्गाको भोगचलन गरेबापत दुई करोड ५० लाख रुपैयाँ उठाउनुपर्ने देखिन्छ। गुठीको नाममा रहेको जग्गा नियमन हुन नसक्दा ती जग्गामा निजी भवनहरु ठडिन थालेका छन्। गुठी संस्थानको स्वामित्वमा मात्रै करिब एक लाख रोपनी जग्गा रहेको तथ्यांक छ। सो जग्गामा गुठी, मठमन्दिर, घरपसल निर्माण, बगैंचा, खेतीलगायतमा प्रयोग भइरहेको छ।

गुठी संस्थानले पँच प्रकारका जग्गाको रेखदेख, संरक्षण र संवर्द्धन गर्दै आइएको छ। अधीनस्थ, रैतानी, तैथानी, गुठी नम्बरी र खान्थी जग्गाको नियमनकारी निकाय गुठी संस्थान हो। 

पछिल्लो समय सरोकारवाला संस्था र निकायबीच संयोजन हुन नसक्दा विभिन्न पहुँचवाला व्यक्ति र राजनीतिक दलका कार्यकर्ताबाट गुठी सम्पत्तिका रुपमो रहेको जग्गा, भवन, सत्तलको अतिक्रमण भएको गुठी संस्था बताउँछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.