|

वीरगञ्ज : भारतमा चैत २३ इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेट प्रतियोगिता चलिरहँदा वीरगञ्जमाखेलको हारजितका लागि सट्टा व्यापक रूपमा चलिरहेको छ। आईपीएलको सट्टाबाजीमा दैनिक अधिकतम एक करोड रुपैयाँसम्मको हारजितको बाजी लाग्ने गरेको छ।

आईपीएलको हारजितको बाजी लगाउनेमा क्रिकेटप्रेमी युवा मात्र नभई औद्योगिक घरानाका प्रतिनिधि, राजस्व छलेर सामान भित्र्याउने कारोबारी, राजनीतिक दलका नेतादेखि ठेकेदारसम्म छन्।
वीरगञ्जमा सट्टाबाजीको अवैध कारोबारका लागि दलालहरूले गोप्य रूपमा कार्यालय नै सञ्चालन गरेका छन्। आईपीएल म्याचमा हारजितको बाजी लगाउँदै आएका आदर्शनगरका एक व्यापारीका अनुसार आदर्शनगर, मुर्ली श्रीपुर र घण्टाघर क्षेत्रका घरमा कोठा भाडामा लिएर दलालले गोप्य रूपमा सट्टाबाजी कार्यालय सञ्चालन गरेका हुन्।

सट्टाबाजीको अवैध कारोबार गर्ने सट्टाबाज र हारजितको रकम बाजी लगाउने व्यक्तिबीच मध्यस्तकर्ता गर्ने स्थानीय दलाललाई बुक्की भनिन्छ। वीरगञ्जमा आईपीएलको सट्टाबाजीको धन्दामा संलग्न बुक्कीहरू दलाल मत्रै हुन्। सट्टाबाजको मुख्य गिरोह भारत राजस्थानको जयपुरमा छ। जयपुरमा रहेका सट्टाबाजको गिरोहले वीरगञ्जमा छ व्यक्तिलाई दलाली गर्ने जिम्मा दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.