|

चितवन : चितवनको रत्ननगर नगरपालिकास्थित सौराहाको पर्यटन क्षेत्र व्यवस्थित गर्न व्यवसायीहरुले निर्माण गरेको नयाँ आचारसंहिता शनिबारदेखि लागू गरिएको छ। रत्ननगरको सौराहास्थित चितवन निकुञ्जको पूर्वीसेक्टर कार्यालयमा आचारसंहिता टाँस गरी लागू भएको घोषणा गरिएको हो।

सो कार्यक्रमको उद्घाटन गर्दै रतननगर नगरपालिकाका प्रमुख नारायण वनले सबैको साझा प्रयासमा आजदेखि लागू भएको आचारसंहिताले पर्यटन क्षेत्र ब्यावस्थित हुने विश्वास व्यक्त गरे।

पर्यटकको सुरक्षा, अपराध न्यूनिकरण र पर्यटन क्षेत्रलाई शान्तिपूर्ण बनाउन आचारसंहिता बनाइएको हो। पर्यटन क्षेत्रमा देखिएको बेथितिलाई रोक्न आजदेखि आचारसंहिता लागु गरिएको र कडाइका साथ कार्यान्वयन गर्ने रेस्टुरेनट एन्ड बार एसोसिएसन नेपाल (रेवान) सौराहाका अध्यक्ष गोकर्ण गिरीले बताए।

उनका अनुसार सौराहाका होटल तथा रेस्टुरेन्टहरु गर्मीमा राति १२ बजेसम्म र जाडोमा ११ बजेसम्म खोल्ने गरी आचारसंहिता बनाइएको छ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले आचारसंहिताले पर्यटकलाई सुरक्षित राख्न र सेवा प्रभावकारी बनाउन सहयोग गर्ने भएकाले प्रभावकारी रुपमा कार्यान्वयन गर्ने सौराहाका पर्यटन व्यवसायीहरुलाई आग्रह गरे।

उक्त १४ बुँदे आचारसंहितामा वन्यजन्तुलाई असर गर्ने गतिविधि रोक्ने, ध्वनि प्रदूषण हुन नदिने, हर्न निशेष क्षेत्र घोषणा गरिएकाले सफल कार्यान्वयनमा ध्यान दिने, पर्यटकहरुलाई दुव्र्यवहार हुनबाट जोगाउने लगायत उल्लेख छ।

यस्तै, पर्यटक हिंड्ने बाटोमा पार्किङ गर्न रोक लगाउने, होटलमा आउने पर्यटकको विवरण भरेर मात्रै राख्ने, वातावरणलाई शान्त राख्ने, पोषाकमा आएका विद्यार्थीलाई होटलमा बस्न नदिने, आवश्यक परिचय खुलाएर मात्रै पर्यटक राख्नेलगायत आचारसंहितामा उल्लेख गरिएको छ।

यसअघि, पनि यहाँ पटकपटक आचारसंहिता बनाइएको भए पनि राम्ररी कार्यान्वय हुन सकेको थिएन। व्यवसायीहरुले आचारसंहिता लागू भए नभएबारे स्थानीय अनुगमन गर्न स्थानिय प्रशासनलाई अनुरोध गरका छन्। सौराहाका ११० वटा सुविधायुक्त होटल र करिव ६० वटा रेष्टुरेण्टले सेवा दिंदै आएको छ।

यहाँ दैनिक तीन हजार बढी पर्यटक बस्न सक्ने क्षमता रहेको छ। वयन्जन्तु अवलोकन, थारु संस्कृति हेर्न, हात्ती, जीप, डुंगा सफारी गर्न सौराहामा पर्यटकहरु आउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.