|

काठमाडौं : गृह मन्त्रालयले आर्थिक वर्ष ०७३/७४ मा सुराकीमै दुई करोड १७ लाख रुपैयाँ खर्च गरेको महालेखाको प्रतिवेदनले औंल्याएको छ। 

२२ वर्षअघिको मन्त्रिपरिषदको निर्णयका आधारमा गृहमन्त्री, गृहसचिव, प्रहरी महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशकले एक वर्षको अवधिमा दुई करोड १७ लाख खर्च गरेका हुन्।

गृह मन्त्रालय अधिकारीका अनुसार सुराकी खर्चको नाममा गृहमन्त्री, सचिव र महानिरीक्षकले आफुखुसी खर्च गर्ने परिपाटी पछिल्लो समय बढ्दै आइरहेको छ। सुरक्षा अवस्था देखाएर उनीहरुले सो रकम आफू अनुकूल खर्चंदै आएको बताइएको छ।

मन्त्रिपरिषदको ०५० जेठ १३ को निर्णयमा शान्ति सुरक्षा कामय राख्ने प्रयोजनका लागि गृहमन्त्रीले एक पटकमा ५० हजार, गृहसचिवले २० हजार र प्रहरी महानिरीक्षकले पनि आवश्यकताअनुसार खर्च गर्न पाउने व्यवस्था गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.