|

काठमाडौं : नेपाल आयल निगमले अर्बौं रुपैयाँको कारोबार गर्दा भ्याट र पान नियम उल्लंघन गरेको भेटिएको छ। सरकारी निकायले पाँच हजार रुपैयाँभन्दा बढीको कारोबार मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता वा स्थायी लेखा नम्बर (पान) भएका व्यक्ति वा संस्थासँग मात्र गर्नुपर्ने नियम छ।

तर, निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काले सवा दुई अर्ब रुपैयाँको जग्गा खरिद गर्दा पान नम्बर नभएका व्यवसायीसँग जग्गा खरिद गरेर राज्यलाई करोडौं रुपैयाँ नोक्सान पुर्‍याएको तथ्य फेला परेको छ।

खड्काले जग्गा खरिदा गर्दा बिचौलियाबाट करोडौं रुपैयाँ कमिसन खान भ्याट र पान नियम उल्लंघन गरेका हुन्। आयल निगम सरकारी स्वामित्वको सार्वजनिक संस्थान हो। नगमले गैरकानुनी रुपमा स्थायी लेखा नम्बर नलिएका व्यवसायीबाट जग्गा खरिद गरेको भेटिइएको महालेखा परीक्षक कार्यालयले जनाएको छ।

‘जुनसुकै सरकारी निकायले पाँच हजार रुपैयाँभन्दा माथिको वस्तु तथा सेवाको किनबेच गर्दा पान नम्बर वा भ्याटमा दर्ता भएका व्यक्ति वा संस्थासँग मात्र कारोबार गर्नुपर्छ,’ उपमहालेखा परीक्षक रामप्रसाद डोटेलले भने, ‘आयल निगमले जग्गा खरिद गर्दा कानुनविपरीत पान नम्बर नभएकासँग अर्बौं रुपैयाँको कारोबार गरेको देखियो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.