|

काठमाडौं : नेपाल राष्ट्र बैंकले विदेशबाट रेमिट्यान्सपठाउँदा एक लाख रुैयैयाँभन्दा माथिको भुक्तानी बैंक खतामार्फत गर्नुपर्ने निर्देशन जारी गरेको छ।

केन्द्रीय बैंकले आगामी साउन १ बाट यो निर्देशन कार्यान्वयनमा आउने जनाएको छ। अहिले भने विदेशबाट रेमिट्यान्स पठाउँदा दुई लाख रुपैयाँसम्म नगदमा भुक्तानी गर्न पाइने र नयाँ आर्थिक वर्ष २०७५/७६ सुरु भएपछि साउन १ बाट भने एक लाखभन्दा बढी रेमिट्यान्स भुक्तानी बैंक खातामार्फत गर्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागाट भुक्तानीसम्बन्धी कार्य गर्न अनुमति लिएका इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायक संस्था संयन्त्रका लागि उक्त निर्देशन जारी भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.