|
फाइल फाेटाे

हेटौँडा :  हेटौँडाबाट काठमाडौं आवतजावतमा प्रयोग हुँदै आएको छोटो मार्ग ३५ दिन बन्द हुने भएको छ।

डिभिजन सडक कार्यालय हेटौँडाले सूचना जारी गर्दै कुलेखानी–सिस्नेरी सडकखण्ड बन्द रहने जानकारी गराएको हो। सडक खण्डको स्तरोन्नति भइरहेको र सडकमा पहाड कटिङ्गको कार्य गर्न सडक बन्द हुने सूचना कार्यालयले जारी गरेको छ।

वैशाख ११ देखि जेठ १६ गतेसम्म प्रत्येक दिन बिहान १० बजेदेखि ४ बजेसम्म आवगमनमा रोक लगाइने छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.