|

काठमाडौं : नर्वे सरकारले भूकम्पपछिको पुनर्निर्माणका लागि घोषणा गरको डेढ अर्बभन्दा बढी रकम आफ्नो स्वार्थ मिल्ने गैरसरकारी संस्थामार्फत खर्च गरेको छ।

विपतको बेला ठूलै सहयोग घोषणा गरेर सहानुभूति देखाए पनि नर्वेले त्यसलाई नेपालको बजेट प्रणालीमा समावेश नगरी आफ्नै स्वार्थअनुकुल खर्च गरेको हो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई ‘बाइपास’ गरेर उसले पुनर्निर्माणका लागि घोषणा गरेको रकम बिबिसी मिडिया एक्सन, आद्रा एटलस एलायन्स, संकल्प, सेभ दि चिल्ड्रेन, डबलुएचओ जस्ता गैरसरकारी संस्थामार्फत खर्च गरेको हो। भूकम्पपछि सरकारद्वारा आयोजित दाता सम्मेलनमा नर्वेले एक अर्ब ५९ करोड रुपैयाँ सहायता घोषणा गरेको थियो। तर, उसले सरकारको बजेट प्रणालीबाट अहिसम्म एक पैसा पनि उपलब्ध गराएको छैन।

पुनर्निर्माण प्राधिकरणले घोषित सहायता रकमको सम्झौता गर्न पटक–पटक ताकेता गर्दा ऊ पन्छिदै आएको छ। पुनर्निर्माणमा सहयोग गर्नुपर्ने रकम विभिन्न गैरसरकारी संस्थामार्फत शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, लैंगिक समानता, खानेपानी तथा सरसफाइलगायत कार्यक्रममा खर्च भएको छ। अहिले नर्वेले पुनर्निर्माण प्राधिकरणमार्फत खर्च हुनेगरी सहायता प्रदान गर्ने घोषणा नै नगरेको दाबी गरेको छ।

‘विपत व्यवस्थापनलगायत कार्यक्रमका लागि दुई करोड ९५ लाख अमेरिकी डलर सहयोग घोष्णा गरेका थियौं, तर पुनर्निमाण प्राधिकरणमार्फत खर्च गरेका थिएनौं।’ राजदूत लाम्से यार्न जोहानेसेनले भने । 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.