|

काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय सदस्यको बैठक बस्ने भएको छ। पछिल्लो राजनीतिक घटना क्रमका विषयमा छलफल गर्न केन्द्रीय कार्यालय सदस्यको बैठक बस्न लागेको हो। 

बैठक आइतबार बिहान ७ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बस्ने प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्। उनका अनुसार पार्टी एकता प्रक्रियामा पछिल्लो अवस्था, पार्टी एकतामा देखिएका समस्याबारे छलफल हुने छ।

उनले भनिन्, ‘बैठकमा अहिलेको राजनीतिक घटनाक्रम, पार्टी एकतालगायतका विषयमा छलफल हुने छ।’ अध्यक्ष बैठकमा प्रधानमन्त्री तथा एमले अध्यक्ष केपी शर्मा ओलीसँग भएका वार्ता र सहमतिका बारेमा ब्रिफिङ गर्ने बताइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.