|

काठमाडौं : गत बर्ष नेपाल निर्माण सामाग्री व्यापार सघका अध्यक्ष श्रीकृष्ण रिजालले भैरवहाबाट काठमाठौंमा निर्माण सामाग्री ल्याउँदा एक ट्रकको भाडा ३० हजार रुपैयाँ बढी तिर्न बाध्य भए।

ढुवानी व्यवासायीमा व्याप्त सिन्डिकेटकै कारणले उनले चलेको भाडामा दोब्बरभन्दा धेरै नतिरी धरै पाएनन्। मैले आफैँ २० हजार भाडा लाग्ने ठाउँमा ५० हजार तिरेको छ, रिजालले भने, ढुवानीमा  मनपरी छ। जे मन लाग्यो त्यही गर्छन्।

उनका अनुसार निर्माण धेरै हुने बेलामा ढुवानी व्यवासायीले सिन्डिकेटलाई अझ उच्चतम विन्दुमा पुर्याउँछन्। रिजालले आफुले तिरेको ३० हजार रुपैयाँ अतिरिक्त भाडा सामानमा जोडेर उठाउँछन्।  जसको मारमा आम उपभोक्ता पर्छन्। 

यातायात सिन्डिकेटले यात्रुले आवतजावतमा समस्या पार्ने मात्र होइन यसले लागत बढाउँदा उपभोक्ताको दैनिकी महंगो भएको हो। मुलुकभर ढुवानी यातायातमा रहको डरलाग्दो सिन्डिकेटका कारण  दोब्बर भन्दा धेरै भाडा तिर्न बाध्य भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.