|

काठमाडौं : विदेशमा रहेका नेपाली कामदारको दिनहुँ हुने मृत्युको प्रमुख कारण पछिल्लो समय आत्महत्या बन्न पुगेको छ।

वैदेशिक रोजगारीका नाममा शोषण र ठगीका घटना बढिरहेका बेला मृत्युको पहिलो कारण आत्महत्या देखिएपछि यस क्षेत्रमा थप चुनौती देखिएको छ। स्वदेशमा रोजगारीको अवसर नपाएपछि विदेशिएका कामदारले आत्मत्या गर्ने क्रम बढेपछि सरोकारवालाहरु झस्केका छन्।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका अनुसार गत साउनदेखि सोमबारसम्म विभिन्न मुलुकमा ६३३ नेपाली कामदारको निधन भएको छ । यसमध्ये सबैभन्दा बढी १०५ जनाले आत्महत्या गरेका छन्। विगतमा बढीजसो कामदारको मृत्यु सडक दुर्घटना र प्राकृतिक रुपमा हुँदै आएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.