|

काठमाडौं  : पहिलोपटक नेपालीको प्रतिव्यक्ति आम्दानी एक हजार अमेरिकी डलर भन्दा बढी पुगेको छ । गत वर्षको तुलनामा यो वर्ष नेपालीको प्रतिव्यक्ति आम्दानी एक सय ३८ अमेरिकी डलरले वृद्धि भएको हो।  

मुलुकको कुल ग्राहस्थ उत्पादन ३० खर्ब रुपैयाँमाथि पुगेपछि प्रतिव्यक्ति आम्दानी पनि त्यसै अनुसार बढेको हो । कुल ग्राहस्थ उत्पादनको स्थिर मूल्य वृद्धिदर आधारभूत मूल्यमा ५।८९ प्रतिशत हुने अनुमान गरिएको छ।

भारतीय नाकाबन्दी र त्यसअघिको विनाशकारी भूकम्पका कारण प्रतिव्यक्ति आम्दानी वृद्धि हुन नसक्ने अनुमान गरिएको बेला केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको विवरणमा  प्रतिव्यक्ति आम्दानी वृद्धि भएको देखाइएको छ।प्रतिव्यक्ति आम्दानी वृद्धिलाई विज्ञले देशको अर्थतन्त्र सकारात्मक र उत्साहपूर्वक दिशामा अघि बढेको विश्लेषण गरेका छन् ।

विभागका अनुसार यो वर्ष नेपालीको प्रतिव्यक्ति आम्दानी एक हजार चार अमेरिकी डलर ९ बुधबारको सटही रेट अनुसार एक लाख पाँच हजार रुपैयाँ० पुगेको छ । अघिल्लो वर्ष प्रतिव्यक्ति आम्दानी आठ सय ६६ अमेरिकी डलर थियो ।आर्थिक वर्ष २०७४-७५ का राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै विभागका महानिर्देशक सुमनराज अर्यालले गैरकृषि क्षेत्रको आर्थिक क्रियाकलाप वृद्धि हुँदा प्रतिव्यक्ति आम्दानी बढेको बताए ।

विभागले सार्वजनिक गरेको प्रतिव्यक्ति आम्दानी विवरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाएको रेमिट्यान्सलाई जोडिएको छैन । रोजगारीमा जाने नेपाली दुई वर्ष भन्दा बढी विदेशमा बस्ने गरेकाले नौ महिनाको अध्ययनमा रेमिट्यान्सलाई नसमेटिएको विभागले जनायो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.