|

काठमाडौं : कार्ल मार्क्स जन्मको द्विशतवार्षिकी समारोह समितिले १० हजार युवालाई मार्क्सवाद पढाउने भएको छ। एमाले–माओवादी केन्द्रलगायत  चार कम्युनिस्ट पार्टी सम्मिलित समितिले माक्र्सवादप्रति अभिरुचि घट्दै गएको भन्दै युवालाई मार्क्सवादपढाउने निर्णय गरेको हो हो।

माओवादी केन्द्रका नेता राम कार्कीले नयाँ पिँढीमा माक्र्सवाल विषयमा अभिरुचि बढाउन यस्तो कार्यक्रम गर्न लागेको जानकारी दिए। ‘वेद, पुराण, कुरान बाइबलमा एक शब्द पनि थप्ने अधिकार हामीलाई छैन’, उनले भने, ‘तर समयअनुसार मार्क्सवादमा थप्दै विकास गर्न सकिन्छ।’

एमाले उपमहासचिव घनश्याम भुसालले मान्छेले अनुभूति नगर्नेगरी गरिने विकास र समृद्धिको कुनै अर्थ नरहेको बताए। ‘विकासको कुरा गर्दा रेल र ठूलाठूला बाटाघाटाको कुरा आउँछ’, उनले भने, बाटो बनेपछि, रेल चलेपछि यहाँबाट के राखेर विदेश निर्यात गरिन्छ भन्ने कुरा महत्त्वपूर्ण हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.