|

काठमाडाैं : कांग्रेसले महासमितिको बैठक आह्वान, विधान मस्यौदा समिति गठन, पार्टी सुदृढीकरणको भावी अभियान, संविधान संशोधन, कार्यान्वयन, सरकारको काम र कदमप्रतिको धारणा, मित्रराष्ट्रहरूसँगको सम्बन्धसहितका विषयमा धारणा सार्वजनिक गर्नेछ। तर, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्ष आफूहरूको विषय र माग सम्बोधन हुने गरी चित्त बुझ्ने निर्णय नआए थप बहस गर्नुपर्ने योजनामा छन् । आफ्ना एजेन्डा अन्तिम निर्णयमा समेटेरै छाड्ने उनीहरूको कसरत छ।

शुक्रबार महामन्त्री डा शशांक कोइरालाले अहिलेसम्मको छलफलको विषयलाई निर्णयको प्रस्तावका रूपमा प्रस्तुत गर्नेछन्। यो प्रस्ताव पार्टीका सबै पक्षसँगको छलफलमा आउने र निर्णय हुने प्रवक्ता शर्माले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.