|

मकवानपुर :  तीन नम्बर प्रदेश सरकारले चालुआर्थिक बर्ष २०७४-७५ का लागि १ अर्ब २ करोड ५ लाख रुपैंयाको बजेट ल्याएको छ। जसमध्ये चालु खर्च ५५ करोड ४८ लाख ६० हजार रुपैंया अर्थात् ५४ दशमलव ३७ प्रतिशत र पूँजिगत खर्च ४६ करोड ५६ लाख ४० लाख रुपैंया अर्थात् ४५ दशमलव ६३ प्रतिशत रहेको छ।

प्रदेशसभा बैठकमा बिहीबार आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले प्रस्तुत गरेको प्रदेश सरकारको खर्च ब्यवस्थापनका लागि चालु आर्थिक बर्ष २०७४-७५ को आय र व्ययको अनुमानमा खर्चको श्रोतका रुपमा संघीय सरकारले उपलव्ध गराएको समानिकरण अनुदानको रकम मात्र रहेको छ।

बजेट ल्याउनु भन्दा १५ दिन पहिले प्रदेश सभामा छलफल गर्नुपर्ने र संशोधनको प्रावधान समेत रहेकाले प्रदेश सभा सञ्चालन नियमावलीको केही नियमहरु तत्कालका लागि निलम्बन गरेर प्रदेश सरकारले बजेट ल्याएको हो। यसैबिच, आर्थिक बर्ष २०७४-७५ मा प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा ब्यवस्था गर्न बनेको प्रदेश विनियोजन बिधेयक २०७५ लाई प्रदेश सभाले बिहीबारै पारित गरेको छ। प्रदेश सरकारले ल्याएको बजेटका बारेमा १९ जना प्रदेश साँसदले आ–आफ्नो धारणा राखेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.