|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा आवश्यक पर्ने उपकरण खरिदमा पक्षपातपूर्ण तरिकाले बजेट विनियोजन गरेको आरोप लागको छ। कमिसनको लोभमा परेर केही उच्च कर्मचारीले बजेट माग भएका स्थानमा कम र माग नै नभएका अस्पताललाई धेरै बजेट विनियोजन गरेको मन्त्रालयकै कमचारीहरुको आरोप छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त रिपोर्टअनुसार मन्त्रालयका जिम्मेवार पदमा  बसेका व्यक्तिहरुले कमिसनको लोभमा माग नै नभएका ठाउँमा बजेट पठाएको देखिएको छ। मन्त्रालयका एक अधिकारीका अनुसार चालू आर्थिक वर्ष ०७४ ७५ मा अस्पतालहरुलाई मेसिनरी औजार खरिदका लागि दिएको रकममा नीतिगत तहबाटै पक्षपातपूर्ण व्यवहार गरिएको छ।

नाम उल्लेख नगर्ने सर्तमा उनले भने, ‘पूर्वाञ्चल, मध्यमाञ्चल र पश्चिमाञ्चलमा उपकरण खरिदमा अत्यन्तै कम रकम विनियोजन भएको छ भने मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलमा आवश्यकभन्दा बढी पठाइएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.