|

रुकुमः रुकुम पूर्वको सिस्ने गाउँपालिमा रहेको कमल तालबाट यस वर्ष सात लाख रुपैयाँको कमलको डाँठ बिक्री भएको छ।
वडा नम्बर ५ मा अवस्थित कमलदहबाट निकालिएको डाँठको कारोबार ७ लाखभन्दा बढी भएको बिक्री जिम्मा लिएका स्थानीय दीपक शाहीले बताए। 

उनका अनुसार एक महिनासम्मका लागि भनेर डाँठ निकाल्न थालिएको थियो । यसअघिका वर्षमा जथाभावी कमलको डाँठ निकाल्ने र बिक्री गर्ने गरिएकोमा यसपटकदेखि निकाल्ने र बिक्री वितरणलाई गाउँपालिकाले व्यवस्थित गर्न थालिएको हो। सिस्ने गाउँपालिकाले नै यो वर्ष कमल निकाल्ने र बिक्री गर्ने भनेर टेन्डर आह्वान गरेको हो।

जसमा शाहीले यस वर्ष कमलको डाँठ बिक्रीका लागि गाउँपालिकाबाट जिम्मा लिएका थिए। ८० हजार रुपैयाँ गाउँपालिकालाई बुझाएर उनले कमलको डाँठ निकाल्नेलाई रसिद वितरण गर्ने र उनीहरूबाट शुल्क उठाउने गरेका थिए।

‘मैले १ लाख ५० हजार हाराहारीमा आम्दानी गरें होला, बाँकी सबै आम्दानी कमल निकाल्ने र बिक्री गर्नेले गरेका छन’ शाहीले भने। 
यस वर्ष कलदहबाट कमल निकाल्ने महिला–पुरुषका लागि छुट्टाछुट्टै रकम तोकिएको थियो । एक दिन कमल निकाले बापत पुरुषले पाँच र महिलाले दुई सय रुपैयाँ शाहीलाई तिर्नुपथ्र्यो।

पुरुषले पाँच र महिलाले दुई सय तिरेपछि दिनभर जति सकिन्छ कमल निकाल्ने र बिक्री वितरण गर्ने गर्थे। कुनै दिन कसैकसैले १० हजारसम्मको कमल बिक्री गरेको शाही बताउँछन।

यस वर्षदेखि कमल निकाल्ने र त्यसको आम्दानी सरकार मातहत ल्याए पनि बिक्री वितरणमा भने व्यवस्थित नभएको स्थानीयहरुको भनाई छ।
कमल निकाल्नेले नै अनुमानको भरमा बिक्री गरेका छन । कुनै तौल या नापका आधारमा बिक्री वितरण नभई यस वर्ष सबै अनुमानका भरमा बिक्री भएको छ। 
कमलको डाँठ तरकारी वा अचारको रुपमा खाँदा स्वादिलो त हुन्छ नै त्यो खानाले जन्डिस रोगको उपचारका लागि राम्रो हुने भन्दै यसको माग निकै बढ्छ।
कमलको डाँठ खोज्दै काठमाडौं, नेपालगन्ज, चितवनलगायत जिल्लाबाट रुकुमकोट पुगेको बताईएको छ। 

 काँचो डाँठ र त्यसबाट बनाइएको सुकेको चाना अचारको रूपमा प्रयोग हुन्छ भने गेडा पनि औषधिका लागि सेवन गरिन्छ। कमलदहरुको आम्दानी यसअघिका बर्षहरुमा सरकारलाई कत्ति पनि नहुने गरेको भएपनि यसपटक पनि गाउँपालिकाले त्यसको शुरुवात गरेको गाउँपालिका अध्यक्ष कुमारी बरालले बताउछिन। 
शुरुवातको बर्ष भएका कारण यसलाई सोचेअनुसार ब्यवस्थित नभएको भन्दै आगामी बर्षहरुमा थप व्यवस्थित गरेर खरिद तथा बिक्रिबितरणको व्यवस्था मिलाउने उनको भनाई छ। 

कमलको चाना प्रतिकेजि ४ सय देखि ५ सय सम्मका बिक्रि बितरण हुनेगरेको छ ।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.