|

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो नेपाल भ्रमण (अगस्ट २०१४) का वेला राजनीतिक स्तरबाट टुंगो लागिसकेको भारतले नेपालतर्फ जहाज प्रवेश बिन्दु थपिदिने विषय अझै पनि टुंगोमा पुग्न सकेको छैन ।

त्यसवेला राजनीतिक स्तरमा सहमति भई प्राविधिक तहमा आइसकेको यो विषय साढे चार वर्ष नाघिसक्दा पनि टुंगिएको छैन । नेपालमा निर्माणाधीन दुई अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखराका लागि थप जहाज प्रवेश मार्ग आवश्यक पर्छ।

पछिल्लो समय सन् २०१६ मा नेपाल र भारतका अधिकारीबीच द्विपक्षीय छलफलबाट थप प्रवेश बिन्दुको विषयलाई अध्ययनबाट टुंग्याउने सहमति गरिएको थियो।

अहिले नेपालमा भारतीय आकाश प्रयोग गरेर आउने सबै जहाजका लागि एउटा मात्र प्रवेश मार्ग (सिमरा) उपलब्ध छ। नेपालबाट बाहिरिने बिन्दु भने पाँच वटा छन्। चीन र भुटानबाट आउने–जाने जहाजका लागि भने उत्तर र पूर्वी नेपालमा छुट्टै रुट उपलब्ध छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतका अनुसार भारतले मागेको समयमा नेपालको तयारी नपुग्ने र नेपालले मागेको समयमा भारतले समय दिन नमान्दा दुई वर्षयता नेपाल–भारत प्राविधिक टोलीको वार्ता हुन सकेको छैन।

किन चाहिएको छ नेपाललाई थप प्रवेश मार्ग ?

नेपालमा एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल छ। भारतीय आकाश प्रयोग गरी नेपाल आउने धेरैजसो मुलुकका जहाजलाई सिमराबाट प्रवेश गरी काठमाडौं आउँदा प्राविधिक रूपमा उपयुक्त देखिएपछि प्रारम्भबाटै यो मार्ग प्रयोगमा आएको प्राधिकरणका उच्च अधिकारीहरू बताउँछन्।

त्यसपछि नेपाल र भारतबीचको हवाइसेवा सम्झौताबाटै यो रुट स्थापित गरियोतर, नेपालले काठमाडौंबाहिर भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाइरहेको छ।

यी विमानस्थलमा नेपालको महेन्द्रनगर या नेपालगन्ज क्षेत्रबाट आउने जहाज सिमरा पुगेर पुनः भैरहवा घुम्नुपर्दा कम्तीमा २० मिनेट बढी समय लाग्ने अनुमान प्राधिकरणको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.