|

चितवन : सामाजिक सञ्जालमा भाईरल भएसँगै ‘तरकारीवाली’का नामले परिचित गोरखाकी कुसुम श्रेष्ठ अभिनित चलचित्र लम्फुको रिलिज डेट नजिकिएसँगै निर्माण यूनिटले प्रचार अभियानलाई तिब्र पारेको छ। 

हेटाँैडामा प्रचारात्मक कार्यक्रम सकेर आएको निर्माण युनिटले बुधबार चितवनमा पत्रकार सम्मेलन गरी चलचित्रको बारेमा जानकारी दिएको छ।

कक्षा १२ को परीक्षा दिएर आजको पत्रकारसम्मलेनमा सहभागि भएकी कलाकार कुशुस श्रेष्ठ(तरकारीवाली)ले थोरै भएपनि सुहाउने र महत्वपूर्ण भूमिकामा अभिनय गरेको भन्दै आएको पारिश्रमिक बालबालिकालाई सहयोग गर्ने बताइन्। उक्त चलचित्र यही वैशाख २८ बाट प्रदर्शनमा आउँदै छ।

अघिल्लो वर्ष काठमाडौंका रुपचन्द्र महर्जनले तरकारी बोक्दै गरेको फोटो खिचेर फेसबुकमा राखेपछि उनी तरकारीवालीका रुपमा भाईरल भएकी थिइन्।

पत्रकार सम्मेलनमा उनका काका गोपीलाल श्रेष्ठले पढ्न नपाएका बालबालिकाका लागि सहयोग गरेर सामाजिक दायित्व निर्वाह गर्न छोरीले चलचित्रमा अभिनय गरेको भन्दै खुसी व्यक्त गरे।

धेरैले चलचित्रमा अफर आए पनि पछिल्लो समयमा मात्रै सामाजिक जिम्मेवारीका कारण सानो भूमिकामा कुसुमले अभिनय गरेको उनको दावी छ।

निर्देशक गोपालचन्द्र लामिछानेले चलचित्र लम्फु नेपाली माटो सुहाउँदो सामाजिक परिभेषको चलचित्र भएको दावी गर्दै भने, ‘नाम लम्फु भए पनि चलचित्र सम्फु छ।’ 

उनले कुसुरको भूमिकाका बारेखा चलचित्र हेरेपछि नै थाहा पाउने भन्दै लभस्टोरीमै केन्द्रित भएको जानकारी दिए। 

यस अघि ‘किन लाग्छ माया’, ‘बोक्सी’, ‘द मिरर’ र ‘ओ माइ म्यान’को लामिछानेले निर्देशन गरिसकेका छन्। चार वर्षअघि केही दृष्य छायाँकन भएर रोकिएको चलचित्रमा पुराना केही ‘सिन’ भए पनि पटकथा भने अर्कै रहेको निर्माण युनिटले जनाएको छ। चलचित्रका निर्माता शक्तिबल्लभ घोराशैनीले करिव एक करोड रुपैयाँमा चलचित्र निर्माण गरेको बताए। 

उनले भने, ‘सामान्य विषयवस्तुमा बनेको सामान्य फिल्म हो ‘लम्फु’, स्थानीय विषय समेटेर बनेको यसले नेपाली चलचित्र उद्योगको विकासमा योगदान दिन्छ।’ लम्फु कविर खड्का र कुसुम श्रेष्ठ(तरकारीवाली)को पनि डेब्यू चलचित्र हो। 

चलचित्रमा सलोन बस्नेत, मरिष्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराईलगायतको अभिनय छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.