|

चितवन : सरकारले बहुराष्ट्रिय कम्पनीको १३ जातका हाईब्रिड(वर्णशंकर) मकै खेतीका लागि सूचीकृत गरेको छ। राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनका अनुसार २ वर्षको परीक्षणपछि योग्य भएर सिफारिस गरिएका १३ जातका हाईब्रिड मकै सूचिकृत गरेको हो। 

सूचिकृत गरिएका मकैमात्रै किसानका लागि खेती गर्न योग्य मानिन्छन् ।मकैबाली अनुसन्धान कार्यक्रम रामपुरका संयोजक डा. केशवबाबु कोईरालाका अनुसार १३ जातको मकै हालैमात्र सरकारबाट सूचिकृत भएको र अहिले ४४ जातको मकैको परीक्षण चलिरहेको जानकारी दिए। उनले सूचिकृत नभएका मकै लगाएर घोगा नलागेका उदाहरणहरु विगतमा देखिएको भन्दै सुचिकृत भएका मकैमात्रै प्रयोग गर्नुपर्नेमा जोड दिए। 

यसरी सूचिकृत भएका बहुराष्ट्रिय कम्पनीका हाईब्रिड मकैमा पिएल–३३००, एचपी–२२२, पिएल–३३३१, श्रीराम बायोसिडको–९७८४, सुपर–९५१, पी–३५३३, ऐएम–१ र ४, एलजी–३३.०१, बिस्को जम्बो–६५,जेके एमएच–५०२, कनकिंग–९५२२, र सुप्रिम–९०६३ जातका हाईब्रिड मकै रहेका छन्। सुचिकृत भएका अधिकांश मकै भारतीय कम्पनीका हुन्।

राष्ट्रिय बीऊबीजन समितिको जात अनुमोदन, उन्मोचन तथा दर्ता उपसमितिको कार्तिक १७ गतेको सिफारिस अनुसार गएका चैतबाट लगाउन मिल्नेगरी १३ जातका मकै सूचिकृत भएको कार्यक्रमका वरिष्ठ वैज्ञानिक चित्रबहादुर कुँवरले जानकार दिए। उनले प्रमाणिकरण भएका मकै प्रतिहेक्टर न्यूनतम ७ देखि ९ टनसम्म फल्ने बताए। झण्डै ६० जातका मकैबाट १३ जात मात्रै सुचिकृत भएको मकैबाली अनुसन्धान कार्यक्रमले जनाएको छ। 

नेपालमा अहिले उत्पादकत्व सालाखाला प्रतिहेक्टर २ दशमलब ५ टन भएपनि रामपुरमा जात निकालिएका मकैको उत्पादकत्व प्रति टन ६ दशमलव ५ टन  रहेका छन्। यसअघि सरकारले बहुराष्ट्रिय कम्पनीका ४१ जात मकै सूचिकृत गरिएको थियो भने अहिले ५४ जातका बहुराष्ट्रिय कम्पनीका मकै किसानका लागि लगाउन योग्य मानिन्छन्। जसमध्ये ७ वटा नेपाली जातका वर्णशंकर मकै सूचिकृत भैसकेका छन्।

उन्नत र हाईब्रिड गरेर नेपाली २९ जातका मकै सूचिकृत भैसकेको राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनका वरिष्ठ वैज्ञानिक डा. सुवास सुवेदीले जानकारीले जानकारी दिए। 

वर्णशंकर मकैको परीक्षण मूल्‍यांकन
राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनले विभिन्न क्षेत्रमा परिक्षण गरिएका वहुराष्ट्रिय कम्पनीका हाइब्रिट(वर्णशंकर) मकैको ‘परिक्षण मुल्यंकन’ सुरु गरेको छ।  चितवनको रामपुर, बाराको परवानीपुर र सुनसरीको तरहरामा अहिले वहुराष्ट्रिय कम्पनीका ४४ र यसअघि सूचिकृत भएका ४जातका कमैको परीक्षणको मुल्यंकन सुरु भैरहेको छ। 

नेपालमा कुन जात लगाउन योग्य छ, कुन अयोग्य छ भनेर परीक्षण गरिएका मकैको कृषि वैज्ञानिकहरु कै सहभागितामा विहिबारदेखि ‘परिक्षण मुल्यंकन’ थालिएको राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरका संयोजक डा. केशवबाबु कोइरालाले जानकारी दिए।

बुधबार रामपुरबाट सुरु भएको परिक्षण मुल्यंकन कार्यक्रम बाराको परवानीपुर र सुनसरीको तरहरामा पुगेर सकिने छ। मुल्यंकनका लागि कृषि वैज्ञानिक सहित विषयगत समितिका प्रतिनिधि तथा एग्रोभेटका प्रतिनिधिहरु सहभागिता रहेका छन् । ३ दिनसम्म चल्ने परिक्षणमा  मकैको अवस्था, उत्पादन, रोग किराको संक्रमण, घोगाको अवस्था, दाना कस्तो लागेको छ भनेर अध्ययन हुने डा. कोइरालाले बताए। परिक्षण मुल्यंकनमा २१ जना प्रतिनिधिहरुको सहभागिता रहको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.