|

चितवन : नेपाल र भारतमा मात्रै पाइने दुर्लभ एकसिंगे गैँडाका लागि मुख्य बासस्थान हो चितवन राष्ट्रिय निकुञ्ज। पछिल्लो गणनामा यहाँ ६०५ गैँडा रेकर्ड गरिएको छ। त्यसपछि दर्जनौँ गैँडा बर्दिया शुक्लाफाँटा पठाइसकिएको छ भने अहिले चीनलाई चारवटा गैँडा पठाउने तयारी छ। 

चितवन निकुञ्जको पनि सुकिभार क्षेत्र गैँडाको ठूलो वासस्थान हो। सो क्षेत्रमा जिप सफारीमा जाने पर्यटकले दर्जन बढी गैँडा सजिलै देख्छन्। एकै ठाउँमा ३/४ वटादेखि ७ वटा गैँडा चरिरहेका दृष्यहरु पर्यटकले देख्छन्। गैँडा, बाघ, हात्ती, भालु लगायत वन्यजन्तु हेर्नका लागि विश्वका विभिन्न मुलुकबाट पर्यटकहरु चितवन आउँछन्। नेपालको तेस्रो पर्यटकीय गन्तव्य सौराहा बन्नु मुख्य श्रेय चितवन निकुञ्ज हो। 

कतै चरिरहेका, कतै पोज दिइरहेका, कतै प्रेममा रमाइरहेका, कतै बच्चासहितका गैँडा खेलिरहेका, कतै पौडिरहेका त कतै आहाल खेलदै गरेका गैँडा भेटिन्छन्। यसले पर्यटकलाई मोहित पार्छ। हात्ती सफारी या जीप सफारी तथा पैदल यात्रामा गैँडा देख्न सकिन्छ।

जिप सफरीमा भने गैँडा देख्न सहज हुने सौराहाका पर्यटन व्यवसायी शीरलाल परियार बताउँछन्। जसका लागि दर्जनौ जीप निकुञ्जमा चल्छ। केही दिन अघि जीप सफारीका क्रममा सौराहाकी शुशिला चौधरीले कति गैँडा देखिन्छ भनेर गन्न थालिन। 

उनले सौराहाबाट कसरा, टाईगरटप्स हुँदै खोरीया मुहानसम्म पुग्दा औंला भाँचेरै २२ वटा गैँडा गनिन्। वीचमा, भालु, चित्तल, वन हात्ती, मृग प्रसस्तै भेटिए। सँगै गएका पर्यटकहरु खुबै रमाए। बाटो नै छेकेर मयूर नाच्दा त्यो क्षण रोमाञ्चक बन्यो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.