|

काठमाडौं : तपाईँ अस्पतालमा उपचारत आफन्तलाई भेट्न बुकी वा केही खानेकुरा बोकेर जानुहुन्छ होला। त्यहाँ बिरामीलाई अंकमाल गरेर, छामेर वा छोएर ढाडस दिने पनि गर्नुहुन्छ कि ’ गार्ड, नर्स वा स्वास्थ्यकर्मीले अवरोध गरे भने भनसुन वा जरबजस्ती गरेरै भए पनि बिरामीलाई भेट्नुहुन्छ होला।

अस्पतालमा दैनिक हुने यस्ता घटना हामीलाई सामान्य लाग्न सक्छ। तर यस्तै सामान्य कारणले एउटा रोगको उपचार गर्न अस्पताल भर्ना भएका बिरामीनाई नयाँ भाइरस वा ब्याक्टेरिया संक्रमण भएर ज्यानै जाने घटना बढेका छन्। 

बिरामीका शुभेच्छुक, कुरुवा, चिकित्सक, स्वास्थ्यर्कीबाट हुने यस्ता सामान्य हेलचेक्रयाइँका कारण बिरामीको अस्पताल बसाई लम्बिन्छ, उचार खर्च बढ्छ र मृत्युसमेत हुन सक्छ। अस्पतालमा कुरुवा र उपचारमा संलग्न जनशक्तिले बारम्बार हात धुने, अस्पताल फोहोर व्यवस्थापन, मास्क तथा पन्जाको सदुपयोग, नियमित सरसफाइदेखि उपचार प्रक्रियामा हुने त्रुटिले यस्ता घटना बढेको चिकित्सक बताउँछन। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.