|

चितवन : पूर्वी चितवनको कालिका नगरपालिका वडा नम्बर ६ जुटपानीस्थित किसानको बगान मै पसेर केरा फाँडेको आरोपमा पक्राउ परेका पाँच जनालाई शुक्रबार प्रहरीले सार्वजनिक अपराध ऐन अन्तरगत मुद्दा दर्ता गरेको छ। 

चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार १० जनाको समूहमा आएका युवाहरूले केरा फाँडेको पहिचान भए पनि पक्राउ परेका पाँच जनाविरुद्ध शुक्रबार मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको बताए।

मुद्दा चलाइएकामा कालिका नगरपालिका वडा नम्बर ६ का २३ वर्षीय अर्जुन गहतराज, वडा नम्बर १ का २३ वर्षीय मनिश गुरुङ, वडा नम्बर ३ का २२ वर्षीय सुजन लोप्चन, वडा नम्बर ७ का २८ वर्षीय गोपाल परियार र वडा नम्बर ५ का १८ वर्षिय उमेश माझी रहेका छन्।

मुख्य भनिएका २ जना भने फरार रहेकाले खोजी जारी रहेको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायव उपरीक्षक बासुदेव खतिवडाले जानकारी दिए। 

उनीहरूलाई बुधबार र बिहीबार प्रहरीको विशेष टोलीले विभिन्न स्थानबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय रतननगरले जनाएको छ। ‘अनुसन्धानमा दुई वटा विषय देखिएको छ,’ प्रहरी प्रमुख थापाले भन्ने, ‘पूर्ण अनुसन्धानपछि कारण खुल्छ।’

एउटा जग्गा सम्बन्धीको केही विवाद देखिएको र अर्काे सोही क्षेत्रमा केहीअघि प्रहरीले लागूऔषध सहितका व्यक्ति पक्राउ परेकाले केरा व्यवसायीले सूचना दिएको भन्ने रिसिइविमा केरा फाँडेको प्रहरी प्रारम्भिक अनुसन्धानले देखाएको जनाइएको छ। 

अज्ञात समूहले सोमवार राति १२ जना केरा किसानको रु १५ लाख ४७ हजार मूल्य पर्ने ३ हजार ९४ बोट केरा बगान मै पसेर काटी नष्ट गरेको चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरी पन्तले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.