|

चितावन  चितवनको विकट क्षेत्र ईच्छाकामना गाउँपालिका २ हेच्चेकको जोखिम क्षेत्रका आठ घर भूकम्प पीडितले सुरक्षितस्थानमा जग्गा प्राप्त गरेका छन्। 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालय चितवनले सोही वडाको दुम्किम भन्ने स्थानमा आठ घर प्रभावितलाई जग्गा उपलव्ध गराइएको जनाएको छ। 

‘दुम्किममा बुधबार स्थलगत निरीक्षणपछि चार कट्ठा जग्गा खरीदको सहमति भयो, केही दिनभित्रैमा पीडितको नाममा जग्गा पास हुन्छ’, प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई प्रमुख पुष्कर पोखरेलले भन्ने, ‘समथल भूभागको सुरक्षित स्थानमा जग्गा प्राप्त गरेका छन्।’

प्रतिघर १० धुरका दरले जग्गा प्राप्त गरेका उनीहरूका लागि झण्डै एक विगाहा आवादीजग्गा समेत प्रयोग गर्न पाउने छन्।

जग्गाधनी उत्तरकुमार गुरुङले पीडितहरूलाई बसेर मात्रै नहुने भएकाले उनीहरूलाई दुखजिलो गर्नका लागि भनेर थप एक विगाहा जति आवादी हुँदै आएको ऐलानी जग्गासमेत उपलब्ध गराइएको बताए।

यसरी जग्गा प्राप्त गर्नेमा होमबहादुर चेपाङ, रामबहादुर चेपाङ, तुलबहादुर चेपाङ, बलवान चेपाङ, थाकु चेपाङ, बुद्धबहादुर चेपाङ, भगवान् चेपाङ र उजेली चेपाङ रहेका छन्। अन्य दुई घरको पनि जग्गा खोजी अन्तिम चरणमा पुगेको  जनाइएको छ।

यसअघि चितवनको राप्ती नगरपालिकाको एसिखाई र तापाङका १३ घरलाई स्थानान्तरणका लागि जग्गा उपलव्ध गराइसकिएको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार) कार्यालय चितवनका शाखा प्रमुख राजेन्द्र कार्कीले जानकारी दिए।

उनका अनुसार ईच्छाकामना ४ तीनघरेका ५ घर पीडितलाई लेवाटारमा जग्गा उपलव्ध गराइएको थियो। जिल्लाका अन्य क्षेत्रमा स्थानान्तरणका लागि आवश्यक प्रक्रिया चलिरहेको छ। ईचछाकामनाका अन्य धेरै पीडितहरु राहत लिने प्रक्रिया मै रहेको गाउँपालिकाको भूकम्प पुननिर्माणका श्रोत व्यक्ति राजन घिमिरेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.