|

काठमाडौं : जेठ ११ गतेबाट प्रदर्शनमा आउने भनिएको फिल्म 'ब्ल्याक'ले आफ्नो प्रदर्शन मिति हेरफेर गरेको छ। बैशाख अन्तिम सातासम्म चलेको नेपाल चलचित्र निर्माता संघ र चलचित्र संघबीचको शेयर बाँडफाँडको आन्दोलनले गर्दा फिल्मले आफ्नो प्रदर्शन मिति पछि सारेको थियो। तर, अहिले निर्माता संघ र चलचित्र संघ बिच सहमती भइसकेको छ। अब, भने ब्ल्याक भदौ १ मा रिलिज हुने भएको छ।

यसअघि सार्वजनिक 'पप हरपल' बोलको गीत दर्शक तथा श्रोतामाझ लोकप्रिय बन्दै जाँदा निर्माण टिमले ट्रेलर रिलिजको तयारी गरिरहेको छ। ट्रेलर रिलिजसँगै औपचारिक प्रचार थालनीको तयारीमा रहेको निर्माण टिमले दर्शकलाई फिल्म र योसँग जोडिएको कन्टेन्टको बारेमा जानकारी पुर्याउन र नजिकबाट साक्षात गर्नको लागी भन्दै लामो अन्तरसहित 'ब्ल्याक'लाई भदौमा प्रदर्शनमा ल्याउने निर्णय गरेको बताएको छ।

प्रदीप श्रेष्ठ निर्देशित फिल्ममा आंचल शर्मा, आकाश श्रेष्ठ, सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशील क्षेत्री,धीरेन शाक्य र प्रिया रिजालको मुख्य भूमिका छ। 'आश्मा फिल्मस् प्रालि'को व्यानरमा निर्माण भएको फिल्ममा आश्मा पाण्डेको लगानी रहेको छ।

चेतनकुमार पाण्डे कार्यकारी निर्माता रहेको फिल्ममा मौनता श्रेष्ठको लेखन, महेश खड्का र प्रतिक पौडेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, चन्द्र पन्तको द्वन्द्व निर्देशन रहेको छ। रामशरण उप्रेतीले खिचेको फिल्मलाई अर्जुन जीसीले सम्पादन गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.