|

नयाँ  दिल्ली : सानो आन्द्राको आन्तरिक रक्तश्राव नरोकिएपछि थप उपचारका लागि भारतको नयाँदिल्ली ल्याइएका राष्ट्रकवि माधव घिमिरेको स्वास्थ्यमा सुधार देखिएको छर बुधबार साँझ ६ बजे जेट एरवेजको विमानबाट नयाँदिल्लए ल्याइएका घिमिेको नयाँदिल्लीको गुडडावस्थित मेदान्त अस्पतालको ११ औं तलामा ५१३२ नम्बरको हाइकेयर युनिटमा भर्ना गरिएको खबर कान्तिपुर दैनिकमा छ। 

ढुंगेललाई मुक्त नगर्न सर्वोच्चमा रिट भन्ने खबर नागरिक दैनिकमा छ।

 हत्या अभियोगमा कैद सजाय भोगिरहेका माओवादी नेता बालकृष्ण ढुंगेललाई रिहाई गर्ने सरकारको तयारीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ।

राष्ट्रपतिमा निहीत आममाफीको प्रावधानको गलत फाइदा उठाउँदै सरकारले हत्याका दोषीलाई रिहाइ गर्ने तयारी गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दायर गरेका हुन्।

सरकारले संवैधानिक प्राधिकार उल्लंघन गरेको उल्लेख गर्दै ढुंगेलको चालचलन सुधार भए नभएको यकिन नै नगरी राष्ट्रपतिमार्फत आममाफीको लागि पहल गरेको रिटमा उल्लेख छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.