दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीको सम्मेलन

|

काठमाडौं : महानगरीय ट्राफिक प्रहरीले एकदिने ट्राफिक प्रहरी सम्मेलन तथा सडक सभ्यता अभिवृद्धि साथै सवारी दुर्घटना न्यूनीकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको उद्‍घाटन नेपाल सरकारका सचिव एवं काठमाडौं महानगरपालिकाका प्रशासकीय प्रमुख यादवप्रसाद कोइरालाले गरेका थिए। कार्यक्रममा सडक दुर्घटनामा परी देशैभरी प्रत्येक दिन सातजनाको मृत्यु हुने र ३१ जनाभन्दा बढी घाइते हुने गरेको तथ्यांक सार्वजनिक गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वशन्त पन्तले बढ्दो शहरीकरण, जनसंख्या वृद्धि तथा सवारीसाधनको निरन्तर वृद्धिका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन दिनप्रतिदिन चुनौतीपूर्ण बन्दै गएको बताए। कार्यक्रमले जनचेतना जगाउने हुँदा यो कार्यक्रम महत्वपूर्ण हुने उनको दाबी थियो।

त्यस्तै कार्यक्रमका प्रपुख अतिथि यादवप्रसाद कोइराले सडक सुनसान गर्न सवारी चालकहरू आफैँ सतेच हुनुपर्ने बताएका थिए। सवारीसाधनको तीव्र गति, मादक पदार्थ सेवन तथा चालकले न्यूनतम सावधानी नअपनाउनु र सडक प्रयोगकर्ताले सडक प्रयोग गर्दा अपनाउने पर्ने न्यूनतम सावधानी नअपनाउँदा देशभरीको दुर्घटना न्यूनीकरण गर्न चुनौतीपूर्ण बन्दै गएको बताए।

महानगरपालिकाले उपत्यकाको सवारी व्यवस्थापनका लागि अन्तर्राष्ट्रियस्तरको जिपिएस प्रणाली लागू गर्ने पर्ने वेला आएको र त्यसको अध्ययनसमेत आफूहरूले सुरु गरिसकेको बताए।

यस्तो छ सडक दुर्घटनाको तथ्यांक

ट्राफिक प्रहरीको तथ्‍यांकअनुसार हेरक वर्ष सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या भयावह छ। यसरी मृत्यु हुनेमा ३० वर्षभन्दा मुनिका व्यक्तिहरूको संख्या ८० प्रतिशतभन्दा बढी रहेको छ। यसरी दुर्घटनाको प्रमुख कारण मानवीय कमजोरी देखिने गरेको महाशाखाका प्रमुख एसएसपी वशन्त पन्तले बताए। कार्यक्रममा दुर्घटनामा परी देशैभरी प्रत्येेक दिन सात जनाको मृत्यु हुने र ३१ जनाभन्दा बढी घाइते हुने गरेको तथ्यांक पन्तले सार्वजनिक गरे।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.